१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १५ सोमबार २१:००:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोनाको ‘हट स्पट’ बन्दै बेसीसहर, लमजुङमा एक सय ८९ पुगे संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार २१:००:००

लमजुङ सदरमुकाम बेसीसहर कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । संक्रमितमध्ये धेरैजसो सदरमुकाम बेसीसहरका छन् । पछिल्लो समय थपिएका अधिकांश संक्रमित सदरमुकाम बेसीसहरमा कार्यक्षेत्र भएका छन् । सोमबार मात्र थप १४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू सबै बेसीसहरका हुन् ।

सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत  प्रहरी, पत्रकार, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, बेंसीसहर नगरपालिकाका कर्मचारी र स्थानीय छन् । स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएका उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

लमजुङमा कोरोना संक्रमितको संख्या सोमबारसम्म एक सय ८९ पुगेको छ । महिला २२ जना र पुरुष एक सय ६७ जना छन् । महिला नौ र पुरुष एक सय चार गरी एक सय १३ जना निको भएर घर फर्किसकेका छन् । महिला १३ र पुरुष ६३ गरी ७६ जना आइसोलेसनमा छन् । सबै क्षेत्रका नागरिकमा कोरोना देखिएपछि दुई सातादेखि बेसीसहर बजार सुनसान बनेको छ ।