मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १५ सोमबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ केजी एक सय ग्राम गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार १३:५६:००

कास्की प्रहरीले ६ केजी एक सय ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डी– १२ घर भई हाल पोखरा महानगरपालिका – १७ बिरौटा बस्ने वर्ष २३ का संजोग विक र पोखरा– १७ बिरौटा बस्ने वर्ष २० का शिलास विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई पोखरा– ३३ भरतपोखरीबाट आइतबार राति २२ः३० बजेको समयमा पक्राउ गरेको हो ।

ड्राइभरको काम गर्ने संजोग र सटिङको काम गर्ने शिलासलाई सवारीसाधन चेकजाँच गर्ने क्रममा ग.९प ६०२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बोकेको झोलामा लागुऔषध गाँजा ६ केजी एक सय ग्राम र तौल गर्ने मेसिनसहित प्रहरीले पक्राउ गरेको हो ।

पोखराका विभिन्न स्थानमा लागुऔषध बिक्री–वितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोली खटिएको र सोही टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ विपरीतको कसूरअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाएको हमालले जानकारी दिए ।