मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १५ सोमबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१८० किलो गाँजासहित कार बरामद

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार ११:५४:००

सशस्त्र प्रहरीले महोत्तरीमा एक सय ८० किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । 

सोमबार बिहान साढे ४ बजेको समयमा बाराको कोल्वी नगरपालिका– ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा सशस्त्र प्रहरीले विशेष सूचनाको अधारमा उक्त कारलाई चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको हो । 

प्रदेश ३, ३०२२ च ८१३४ नम्बरको जक्सन कारमा प्लास्टिकले बेरिएर पोका बनाई राखेको २० किलोको सातवटा र १० किलोका चारवटा पोका बरामद गरिएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यले जानकारी दिए । 
गाँजा तस्करहरू प्रहरीलाई देखेर गाडी छोडेर भागेका थिए । 

सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि गाँजासहित कारलाई नेपाल प्रहरीमा बुझाएको डिआइजी ब्रह्मचार्यले बताए ।