मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १४ आइतबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेष्ट बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १४ आइतबार ०६:४९:००

एभरेष्ट बैंक लिमिटेडले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी (सिडिएल)सँग आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । बैंकले ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेको हो ।  हाल कोभिड–१९ को कठिन समयमा ग्राहकको सहजताका लागि आरटी–पिसिआर परीक्षणमा छुट दिने व्यवस्था गरेको जनाएको छ । 

सम्झौताअनुसार एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्ड होल्डर ग्राहकले सिडिएलबाट आरटी–पिसिआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ । सम्झौतामा बैंकका नायब (महाप्रबन्धक, डा. सन्धीरकुमार र सिडिएल प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा भएको जनाइएको छ ।