मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १३ शनिबार २०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपहरण गरेको आरोपमा वडासदस्यसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ १३ शनिबार २०:०८:००

कास्की प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा पोखरा महानगरपालिकाको एक वडासदस्यसहित तीनजनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– २३ का वडासदस्य ४५ वर्षीय भरतराज भण्डारी, काठमाडौं कीर्तिपुर नगरपालिका– ४ घर भई पोखरा– २३ मा बस्दै आएका ठेकेदार ४२ वर्षीय वसन्त लामा र पोखरा– २३ घर भएका सुपरभाइजर काम गर्ने ४५ वर्षीय टीकाराम भण्डारीलाई प्रहरीले पक्रेको जनाएको छ । पोखरा– २३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्रेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनीहरूले ८ भदौमा सापकोटालाई पोखरा– २३ खहरेखोलास्थित निर्माणाधीन पुलबाट नियन्त्रणमा लिई कुटपिट गरी मोबाइलसमेत खोसी बा.१४च ८२७९ नम्बरको कारमा राखी लामाको फ्ल्याटमा बन्धक बनाएका थिए । सापकोटाको परिवारले दिएको उजुरीपछि प्रहरी टोलीले सापकोटालाई पाँच दिनपछि उद्धार गरेको थियो । घटनामा प्रयोग भएको कारसहित उनीहरू पक्राउ परेका छन् ।