१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ भदौ १३ शनिबार १९:१४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ मा मात्रै पछिल्लो २४ घन्टामा सातजना कोरोना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ भदौ १३ शनिबार १९:१४:००

कोरोना संक्रमणको कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा मात्रै प्रदेश २ मा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ पुरुष र एक महिला छिन् ।  शनिबार महोत्तरीमा भंगवहा नगरपालिका– १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका– ७ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी, सिराहाको खुसीपुर नगरपालिका– ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका– १८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, पर्सा वीरगन्ज–१२ का मुर्लीका ४८ वर्षीय पुरुष, मनियारी– २२ का ३७ वर्षीय पुरुष र वीरगन्ज– १२ का कोरोना संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको छ । 

पर्सामा ३३, बारा १३, धनुषामा १२, महोत्तरी आठ, सिराहामा सात, सप्तरीमा पाँच तथा सर्लाही र रौतहटमा तीन–तीनजनाको मृत्यु भइसकेको छ । 

२४ घन्टामा एक सय ६५ जना संक्रमित थपिए 
पछिल्लो २४ घन्टामा प्रदेशमा एक सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४९, महोत्तरीमा २७, बारामा नाै, पर्सामा ३४, सर्लाहीमा ४५ र रौतहटमा एकजना कोरोना संक्रमित थपिएको प्रदेशका स्वास्थ्य निर्देशनालले जनाएको छ । निर्देशनालयका अनुसार शनिबार मात्रै चार महिलासहित ८७ जना निको भएर घर फर्केका छन् ।