मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ १३ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा थप पाँच दिन निषेधाज्ञा 

Read Time : < 1 मिनेट
२०७७ भदौ १३ शनिबार १३:२४:००

कैलालीमा जारी निषेधाज्ञा पाँच दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यही १९ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । प्रशासनले यसअघि जारी गरेको १० दिनको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै थियो ।

कोरोना संक्रमण फैलने जोखिम बढिरहेकाले निषेधाज्ञालाई थप पाँच दिन लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।  सरोकारवाला सबैको सुझाब, सल्लाह पनि संक्रमण फैलन नदिन निषेधाज्ञा जारी राख्नुपर्ने रहेको प्रशासनले जनाएको छ । 

निषेधाज्ञामा अतिआवश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाइएकोले संक्रमणको ‘चेन ब्रेक’ हुने आशासहित यसलाई लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए । कोरोना संक्रमण तीव्र बन्न थालेपछि गत ४ गते रातिबाट स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

कैलालीमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । हालसम्म जिल्लाभर एक हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी संक्रमित प्रदेश राजधानी धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका तथा लम्की–चुहा नगरपालिकालगायत तहमा देखिएका छन् । सुदूरपश्चिम प्रदेशभर संक्रमितको संख्या साढे पाँच हजार नाघेको छ ।