१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १३ शनिबार ११:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनकुटामा १३ प्रहरीसहित १९ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ १३ शनिबार ११:११:००

धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनकुटाबाट ९५ जनाको पिसिआर परीक्षणका लागि पठाएकोमा ४५ जनाको रिपोर्ट आएको छ । जसमध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले बताए । 

संक्रमण देखिएका सबै पुरुष प्रहरी जवान हुन् । उनीहरू एक महिनाको अवधिमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरू अहिले क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

कोरोना पोजेटिभ देखिएका अन्यमा चारजना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरू, एकजना बैंकका कर्मचारी र एकजना व्यापारी हुन् । 

योसँगै धनकुटामा कोरोना भाइरसको संक्रमितकाे संख्या ३९ जना पुगेको छ भने १७ जना निको भएर घर फर्किसकेका छन् ।