Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १२ शुक्रबार ११:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

४९ सशस्त्र प्रहरीसहित बारामा ५५ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार ११:२१:००

बारामा शुक्रबार एकैदिन सशस्त्र प्रहरीका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

बारा, पर्सा र रौतहट जिल्लाको सीमा सुरक्षाका लागि भन्दै सरकारले यही १ साउनमा रिजर्भ गण स्थापना गरेको हो । यसअघि सशस्त्र प्रहरी बल भद्रकाली गणका रूपमा थियो । 

भदौ ८ गते एक सय १५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएकोमा ४९ जनामा कोरोना संक्रमण देखिएको गणपति मनोज थापाले जानकारी दिए । 

संक्रमित सबैलाई गणमै बनाइएको आइसोलेसनमा राखिएको छ । करिब ७० जना व्यक्तिलाई व्यवस्थापन गर्न सकिने गरी सशस्त्र प्रहरीले आफ्नो छुट्टै आइसोलेसन बनाएको छ । 

योसँगै बारामा संक्रमितहरूको संख्या आठ सय ६ पुगेको छ भने मृत्यु भएका १५ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोभिड डेडिकेटेड अस्पतालको आइसोलेसनमा ९७ जना र घरकै आइसोलेसनमा तीन सय ५० जना रहेका छन् । दुई सय ९५ जना उपचारपछि निकाे भएर घर फर्केका छन् ।