मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १२ शुक्रबार ०९:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रुघाखोकीलाई  बेवास्ता नगरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १२ शुक्रबार ०९:२९:००

रुघाखोकी सामान्य संक्रमण हो । स्वास्थ्यको अलिकति ध्यान राखेमा केही दिनमा आफैँ निको भएर जान्छ । तर, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या निम्त्याउने भएकाले दिनचर्या प्रभावित भइरहेको हुन्छ । रुघाखोकी कोभिड संक्रमणको लक्षण पनि भएकाले बेवास्ता भने गर्नुहुँदैन । सामान्यतः मौसम परिवर्तन, चिसो मौसम, धुवाँधुलो, प्रदूषण, अस्वस्थ खानपानका कारण रुघाखोकीको समस्या हुन्छ । विभिन्न फरक भाइरसको संक्रमणले पनि रुघाखोकी हुन्छ । अर्थात् रुघाखोकीको समस्या हुनुमा जीवनशैली र दैनिक क्रियाकलाप जिम्मेवार हुन्छन् । 

हात सफा नराख्नु
स्वस्थ रहन हात सफा राख्नु प्रमुख र आधारभूत आवश्यकता हो । हातकै माध्यमबाट सूक्ष्म जीवाणु, ब्याक्टेरिया, भाइरस मुखसम्म पुग्ने गर्छन् । सिडिसीका अनुसार हातलाई जीवाणुमुक्त बनाउन साबुनपानीले हात धुने र अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ । कोभिड संक्रमणबाट बच्नसमेत हात सफा राख्नु मुख्य विकल्प हो ।
 
लिफ्टको बढी प्रयोग गर्नु

सामान्य बानीका कारण पनि कतिपय अवस्थामा स्वास्थ्यका लागि प्रतिकूल भइरहेका हुन्छन् । दिनहुँ लिफ्टको प्रयोग गर्दा स्वास्थ्यमा असर परिरहेको हुन्छ । जस्तै, लिफ्टको मात्रै प्रयोग गर्ने बानी बसाल्दा अल्छीपना बढ्छ, लिफ्ट बन्द रहने हुँदा अन्य व्यक्तिबाट भाइरस छिटो सर्छ । लिफ्टको बटन सबैजनाले छुँदा भाइरस सर्ने जोखिम बढी रहन्छ । महामारीको समयमा लिफ्टको बटन, ह्यान्डल बारम्बार छुनुहुँदैन वा प्रयोग गरिसकेपछि स्यानिटाइजरले हात सफा गर्नुपर्छ । 

व्यायामको कमी
नियमित व्यायामले शरीर सन्तुलित राख्न मद्दत गर्छ, साथै प्रतिरोधी क्षमता बढाइरहेको हुन्छ । दैनिक हिँड्दा वा दौडिँदा शरीरमा रक्तसञ्चार राम्ररी भइरहेको हुन्छ, जसले गर्दा शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने भएकाले शरीरका प्रत्येक अंग सक्रिय भइरहेका हुन्छन् । रुघाखोकी, ज्वरो र मौसमी अन्य फ्लुबाट जोगिन नियमित व्यायाम महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

अल्कोहल र धुम्रपानको प्रयोग 
अल्कोहल र धुम्रपानले स्वास्थ्यमा असर गरिरहेको हुन्छ । सामान्यतः निकोटिन र अल्कोहलले प्रतिरोधी क्षमतामा ह्रास ल्याउने भएकाले अन्य संक्रमणको जोखिम रहन्छ । यस्तै, अत्यधिक अल्कोहल प्रयोग गर्ने व्यक्तिमा फोक्सोमा समस्या हुन्छ । जसले श्वासप्रश्वासमा समस्या देखिन्छ । 

अनिद्रा
पर्याप्त निद्रा नपुग्दा प्रतिरोधी क्षमतामा असर परिरहेको हुन्छ । निद्रा कमीका कारण शरीरमा कोषिकाहरू मर्ने गर्छन् । साथै, सेता रक्तकोष उत्पादनमा मद्दत पुर्‍याउने इन्टरक्युलिनमा कमी ल्याउने हुँदा रोगसँग लड्ने क्षमतामा कमी आउँछ । अनिद्राको समस्या भएका व्यक्तिमा फ्लुको समस्या भइरहन्छ । 

दैनिक जीवनमा सामान्य लाग्ने यस्ता कतिपय सामान्य व्यवहारले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेका हुन्छन् । स्वस्थ रहन स्वस्थ जीवनशैली आवश्यक छ ।