मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ ११ बिहीबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ अस्पतालमा आइसियू कक्ष निर्माणका लागि दुई करोड बजेट विनियोजन

Read Time : < 1 मिनेट
२०७७ भदौ ११ बिहीबार १३:४०:००

लमजुङ सदरमुकाम बेसीसहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष निर्माणका लागि संघीय सरकारले दुई करोड विनियोजन गरेको छ । 

सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उक्त रकम विनियोजन भएको हो । 

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा चार भेन्टिलेटरसहित आइसियू निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको हाे । 

कोभिड– १९ संक्रमण जिल्लामा बढ्दै गएको अवस्थामा अस्पतालको क्षमता अभिवृद्धिका लागि रकम विनियोजन गर्न प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेपछि रकम विनियोजन भएको लमजुङका सांसद देवप्रसाद गुरुङले बताए । 

६० शय्या रहेको अस्पतालमा हालसम्म आइसियू तथा डायलाइसिस कक्ष छैन ।