१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ११ बिहीबार १२:१९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ११ बिहीबार १२:१९:००

लेगस्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एन्ड टोबेगामा आफ्नो पाँचौँ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् । 

सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिए ।  प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले विस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाए ।  

बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरू खेलाडीको प्रदर्शन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले तीन तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक–एक विकेट लिए । 

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले नाै विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे ।

 जमैकाले हालसम्म खेलेको पाँच खेलमध्ये दुई मा जित तथा तीनमा हार व्यहोर्दै ४ अंक जोडेको छ । जमैका अंक–तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा विजयी भएको बर्बाडोस ४ अंकसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ ।

उसले पाँच खेलमा दुईमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ । रासस