Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ९ मंगलबार १६:०५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नक्कली पासपोर्टकाण्डमा फसेका रोनाल्डिन्हो जेलमुक्त

Read Time : > 1 मिनेट
२०७७ भदौ ९ मंगलबार १६:०५:००

ब्राजिलका पूर्वखेलाडी रोनाल्डिन्हो पाराग्वे जेलबाट मुक्त भएका छन् । नक्कली पासपोर्टकाण्डमा फसेका रोनाल्डिन्होलाई मंगलबार अदालतले पाँच महिनापछि रिहा गरेको हो । न्यायाधीश गुस्ताभो अमिरिलाले रोनाल्डोसहित उनका भाइ रोबर्टो डी आसिससमेत हिरासतमुक्त गरेका हुन् । 

गत मार्चमा विश्व च्याम्पियन खेलाडी रोनाल्डिन्हो र उनका भाइ रोबर्टो बालबालिकाको कार्यक्रममा सहभागी हुन पाराग्वे पुगेका थिए । रोनाल्डिन्होलाई  होटेलमै पुलिसले पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवैले बोकेका पासपोर्ट नक्कली थिए । 

पाराग्वे सरकारले दुवैलाई हिरासतमै कारबाही थालेको थियो । दुवैले पाराग्वेको राजधानी असुनसियानमा चार महिना बिताए । न्यायधीश गुस्ताभोले अन्य कारबाही प्रक्रिया अगाडि नबढाए पनि दुवैलाई दुई लाख डलर जरिवानाका रूपमा तिर्न भनेका छन् ।

यसैगरी अदालतले रोनाल्डिन्होलाई संसारका जुनसकै स्थानमा जान सकिने, तर ब्राजिलमा रहेको ठेगाना परिवर्तन गर्नका लागि जानकारी दिनुपर्ने जनाएको छ । ‘रोनाल्डिन्हो जहाँ पनि जान सक्छन्, तर घरको स्थान परिवर्तन गरेकाे खण्डमा हामीलाई जानकारी दिनुपर्छ,’ न्यायाधीश गुस्ताभोले भने, ‘योबाहेक दुवैमाथि केही प्रतिबन्ध छैन ।’ पाराग्वेमा नक्कली पासपोर्ट प्रयोग गरी प्रवेश गर्नुलाई ठूलो अपराध मानिन्छ । 

यस क्रममा पक्राउ परेका विदेशी नागरिकले सजाय पाउने गरेका छन् । रोनाल्डिन्हो र उनका भाइले हिरासतमा देखाएको व्यवहारका कारण नै सजाय कम र रिहा गरेको न्यायाधीश गुस्ताभोले बताए । ‘यद्यपि यस किसिमको अपराध ठूलो मानिन्छ, व्यवहारले पनि दण्डित गर्ने वा नगर्ने भन्ने हुन्छ,’ उनले भने, ‘हामीले रोनाल्डिन्होको पक्षमा राम्रो व्यवहार पायौँ, यसकारण नै उनलाई छुट दिइएका हौँ ।’ 

पुलिसले रोनाल्डिन्होको नाममा आपराधिक मुद्दा नचलाउने भएको छ । प्रहरीले दुवैलाई नक्कली पासपोर्ट प्रयोग गरेको आरोप लगाएको थियो । कुनै समय फुटबलकै बादशाह कहलाएका रोनाल्डिन्हो महिला तथा डिस्कोका कारण बिग्रेका हुन् । उनले आफ्नो करिअरमा बार्सिलोना, पेरिस सेन्ट जर्मेन तथा एसी मिलानजस्ता चर्चित क्लबबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०१८ मा उनले फुटबलबाट सन्न्यास घोषणा गरे ।