१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ९ मंगलबार १५:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अध्यादेशबाट भए पनि संक्रामक रोगसम्बन्धी नयाँ ऐन ल्याऊ : खगराज अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ९ मंगलबार १५:५५:००

संक्रामक रोगसम्बन्धी ऐन, २०२० ले धेरै कुरा समेट्न नसक्ने भन्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद खगराज अधिकारीले अध्यादेशबाट भए पनि संक्रामक रोगसम्बन्धी नयाँ ऐन ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार भर्चुअल माध्यमबाट बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा अधिकारीले अध्यादेशबाटै भए पनि विशेष व्यवस्थासहित संक्रामक रोगसम्बन्धी नयाँ ऐन ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘२०२० को कानुनले धेरै कुरा गर्न सक्दैन, त्यसैले अध्यादेशबाट भए पनि संक्रामक रोगसम्बन्धी नयाँ कानुन ल्याउनुपर्छ ।’

त्यस्तै, नेपालमा भ्याक्सिन परीक्षणका सन्दर्भमा पनि अधिकारीले प्रश्न उठाएका छन् ।

रुस, चीनको भ्याक्सिन नेपालमा परीक्षणका लागि आएको सन्दर्भ जोड्दै उनले ती भ्याक्सिनबारे जर्नलहरूमा प्रकाशित भए–नभएको पनि खोज्नुपर्ने बताए ।

उनले भने, ‘भ्याक्सिन परीक्षण गर्नेबारे नेपालमा मन्त्रिपरिषद् वा सचिवस्तरीय कस्तो निर्णय भएको छ ? ती भ्याक्सिनहरू जर्नलहरूमा प्रकाशित भएका छ कि छैनन् ? मान्यता पाएका छन् कि छैनन् ? यी सबै कुरा जान्नुपर्छ ।’