Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ९ मंगलबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ किलो गाँजासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ९ मंगलबार १५:२२:००

प्रहरीले मकवानपुरमा ११ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

मकवानपुरगढी गाउँपालिका– ४ स्थित विष्णुलाल रुम्बाको घरमा गाँजा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ११ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बोरा र प्लाष्टिकको झोलामा उक्त परिमाणको गाँजा लुकाएर राखेको प्रहरीले जनाएको छ । 

गाँजासहित ६८ वर्षीय विष्णुलाल रुम्बालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको र उनीमाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।