१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ९ मंगलबार ११:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कल्याणपुर नगरपालिका उपप्रमुख र प्रशासकीय अधिकृतलाई कोरोना

Read Time : < 1 मिनेट
२०७७ भदौ ९ मंगलबार ११:०२:००

सिराहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । प्रमुख (मेयर) अख्तियारको निलम्बनमा परेपछि कार्यबाहक प्रमुखको रूपमा काम गर्दै आएकी कल्याणपुर नगरपालिकाकी उपप्रमुख (उपमेयर) रोहिनीकुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।  

कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए । 

यस्तै सिराहा नगरपालिकाका एक, लहान नगरपालिकाका दुई, बरियारपट्टी गाउँपालिकाका एक, मिर्चैया नगरपालिकाका एक र सुखीपुर नगरपालिकाका एकजना गरी आठजना कोरोना संक्रमित भएको प्रमुख यादवले बताए । सिराहामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैया, गोलबजार र लहानका प्रहरी अधिकृतहरू, थुनुवा, जिल्ला प्रशासन कार्यालयका अधिकृत र कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरू कोरोना संक्रमित भएर उपचाररत छन् ।