Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ भदौ ९ मंगलबार १०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरजहारी प्रयोगशालामा प्रदेशले पठायो म्याद गुज्रेको किट 

Read Time : < 1 मिनेट
२०७७ भदौ ९ मंगलबार १०:३७:००

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना जाँचका लागि पठाएको किटले काम नगर्दा रुकुम पश्चिम चौरजहारी नगरपालिकाको पिसिआर परीक्षण प्रयोगशालामा समस्या भएको छ ।

सामाजिक विकास मन्त्रालयबाट पठाएको करिब चार सय किटले काम नै नगरेको हो । आर्थिक अभावमा समस्यामा परेकाकाे कोरोना जाँच प्रयोगशालामा म्याद गुज्रेका किट प्रदेशले पठाउँदा समस्या भएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले जानकारी दिए ।  

प्रयोगशाला प्रयोगका लागि प्रदेशबाट पठाएका किटद्वारा जाँच गर्दा पाेजेटिभ र नेगेटिभ दुवै नदेखाएको शर्माले बताए । अन्य जिल्लामा पठाएर काम नगरेको किट आफ्नो प्रयोगशालामा पठाएको शर्माको आरोप छ । 

आर्थिक अभावले पिसिआर ल्याब समस्यामा
चौरजहारी नगरपालिका– २ स्थित जिल्ला आयुर्वेदिक कार्यालयमा स्थापना गरिएको पिसिआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि समस्या परेको हो । 

चौरजहारी नगरपालिकाले एक करोड ५८ लाख रुपैयाँको लागतमा गत असार अन्तिम सातादेखि पिसिआर मेसिन सञ्चालनमा ल्याएको थियो । जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ७१ लाख ६० हजार रुपैयाँ नगरपालिकाले लगानी गरेको छ ।

मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका प्रमुख विशाल शर्माले जानकारी दिए । संघ र प्रदेश सरकारले सहयोग नगरेपछि जिल्लाभित्रै आर्थिक स्रोत जुटाउन मुस्किल भएको प्रमुख शर्माले बताए ।  

चौरजहारीमा जडान गरिएको मेसिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका झन्डै तीन हजारभन्दा बढी स्वाब परीक्षण गरेको छ । दैनिक तीन लाख रुपैयाँ खर्च भइरहेकाले ल्याब आर्थिक समस्यामा परेको उनको भनाइ छ ।