१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लण्डन रासस
२०७७ भदौ ९ मंगलबार १०:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शेर्पा संघ युकेका अध्यक्षको कोराेनाबाट निधन    

Read Time : < 1 मिनेट
लण्डन रासस
२०७७ भदौ ९ मंगलबार १०:१०:००

शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लन्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।   
     
गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो, तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लन्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । 

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमणमुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।  भूतपूर्व गोर्खा सैनिक शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए। उनका बुबाआमा भने नेपालमै छन् ।