१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १९ शनिबार ०६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध अकुत सम्पत्ति मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १९ शनिबार ०६:११:००

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै प्राधिकरणको चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजयकुमार चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

बिगो जफत, बिगोबराबर जरिवाना र दुई वर्ष कैद सजाय माग गरी उनीविरुद्ध मुद्दा दायर गरिएको छ । चौधरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरीलगायतको नाममा राखेकाले उनलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

तीन दिनअघि मात्र आयोगले भन्सार कार्यालय एयरपोर्टका नासु श्याम श्रेष्ठविरुद्ध १४ करोड बिगो दाबीसहित मुद्दा दायर गरेको थियो । आयोगले अकुत सम्पत्तिसम्बन्धी अनुसन्धानमा सक्रियता बढाएको छ ।