मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ ८ सोमबार १६:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई किलो गाँजासहित युवा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ ८ सोमबार १६:१७:००

मोरङको केराबारीबाट दुई किलो गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दुई किलो गाँजासहित प्रहरीले केराबारी– ७ का २३ वर्षीय भरत राईलाई पक्राउ गरेको हो ।

राईलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

राईले धनकुटाकाे ग्रामीण भेगबाट गाँजा तराईतिर ल्याएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव निरीक्षक दीपक बरालले बताएका छन् । 

केराबारीकै खदम खोलाबाट बिहीबार एक किलो एक सय ग्राम गाँजासहित चारजना पक्राउ परेका थिए । 

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका– ८ का २१ वर्षीय सुमन कार्की, १८ वर्षीय सरोज विक, २० वर्षीय आशिष दास र भुवन मण्डल रहेका छन् । 

गाँजासहित पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । 

मोरङ तथा सुनसरीका अधिकांश स्थानीय तहमा लकडाउन हुँदा गाँजा कारोबारी फस्टाउन थालेपछि प्रहरीले अप्रेसनलाई बढाएको छ ।