मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ ८ सोमबार १२:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनकुटामा दुईजना प्रहरीमा कोराेना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
२०७७ भदौ ८ सोमबार १२:३०:००

धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा २५ वर्षीय र ३८ वर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ भदौमा विराटनगरबाट केही प्रहरी सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट सरुवा भएर आएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइएको थियो । 

जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले बताए । 

संक्रमण पुष्टि भएका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाको क्वारेन्टिनमा रहेका छन् । 

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० पुगेको छ । जसमध्ये १७ जना निको भएर घर फर्किएका छन् । एकजनाको विराटनगरमा उपचार भइरहेको छ ।