१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ८ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिसहोमको गायन प्रतियोगितामा टप १० प्रतिस्पर्धी छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ८ सोमबार ०६:१०:००

डिसहोमले सुरु गरेको डिजिटल सांगीतिक प्रतियोगिता द स्ट्रिङ्सको दोस्रो राउन्ड सुरु भएको छ । पहिलो राउन्डमा सहभागिता जनाएका प्रतिस्पर्धीबाट १० जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् । 

सहभागीले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ र उत्कृष्ट प्रस्तुतिका आधारमा निर्णायकहरू पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोइरालाले उत्कृष्ट १० जना छनोट गरेको कम्पनीले जनाएको  छ ।  

छनोट भएका प्रतिस्पर्धीमा दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोखरेल, रिया श्रेष्ठ, सम्राट पोखरेल र योगेन राई रहेका छन् । दोस्रो चरणमा पुगेका प्रतिस्पर्धीबाट टप फाइभ हुँदै तेस्रो चरणमा प्रवेश गर्नका लागि प्रतिस्पर्धीहरूले अझ उत्कृष्ट र दमदार प्रस्तुति देखाउनुपर्ने कम्पनीले जनाएको छ । तीन राउन्डमा सञ्चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशकसम्मका सफ्ट अंग्रेजी गीतहरू गाएर डिसहोमको आधिकारिक फेसबुक पेजमा अपलोड गरेका थिए ।