मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ८ सोमबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिभिल बैंकले बचतमा ६ र मुद्दतीमा ८.७५ प्रतिशत ब्याज दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ८ सोमबार ०६:००:००

सिभिल बैंक लिमिटेडले ‘प्रिमियम बचत खाता’ योजना ल्याएको छ । बैंकले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने दाबी गर्दै नयाँ खाता योजना ल्याएको हो ।  

प्रिमियम बचत खाता योजनामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । यस बचत खाताको न्यूनतम मौज्दात १० हजार रुपैयाँ तोकिएको छ । खाता खोल्दा बैंकले निःशुल्क इन्टरनेट बैंकिङ, एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने जनाएको छ । यसबाहेक बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।  

कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मिहिनेतको कमाइलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएका कारण ग्राहकहरू लाभान्वित हुने बैैंकले जनाएको छ ।