१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ७ आइतबार १५:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण विदेशमा मात्रै एक सय ९२ नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ७ आइतबार १५:१०:००

कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट शनिबार साँझसम्म १६ देशमा एक सय ९२ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघका अनुसार यो साता  विदेशमा थप एकजना नेपालीको निधन भएको छ । 

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले यो साता लग्जम्बर्गमा थप एकजनाको निधन भएको जनाएको छ । 

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड– १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रहसमेत गरेका छन् । 

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरूको ज्यान हो ।

हालसम्म विदेशमा मात्र ३४ हजार तीन सय एकजनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार दुई सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।