१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ ७ आइतबार १४:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सार्वजनिक अपराध मुद्दाका थुनुवा दुईजना कोरोना संक्रमित अस्पतालबाट फरार

Read Time : < 1 मिनेट
२०७७ भदौ ७ आइतबार १४:२४:००

सार्वजनिक अपराध अभियाेगमा पक्राउपछि काेराेना संक्रमण देखिएर उपचारार्थ वीरगन्ज हेल्थ केयर विशेष अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका दुईजना थुनुवा आइसोलेसनबाट भागेका छन् । 

उनीहरू वडा प्रहरी कार्यालय बिर्ताकाे थुनामा थिए । हिरासतमा हुँदा गरिएकाे परीक्षणमा उनीहरूलाई काेराेना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

दुवैजना शनिबाार राति फरार भएको पर्सा जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले जानकारी दिए ।

राति स्वास्थ्यकर्मी राउन्डमा जाँदा दुईजना संक्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्पतालबाट सूचना आउनासाथ फरार संक्रमितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।