मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ६ शनिबार २२:०२:००
Read Time : < 1 मिनेट
प्रदेश

बागमती प्रदेशमा थपिए दुई सय ८७ कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ भदौ ६ शनिबार २२:०२:००

पछिल्लो २४ घन्टामा बागमती प्रदेशमा दुई सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बागमतीको १३ मध्ये १० जिल्लामा दुई सय ८७ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंका अनुसार शनिबार काठमाडौंमा एक सय ६०, भक्तपुरमा ५०, मकवानपुरमा ३२, चितवनमा २७, ललितपुरमा ६, दोलखामा चार, काभ्रेपलाञ्चोकमा तीन, नुवाकोटमा दुई, धादिङमा दुई र सिन्धुलीमा एकजना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म बागमतीमा चार हजार तीन सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । ३१ जनाको कोरोनाका कारण निधन भएको, सात सय ४३ निको भइसकेको र तीन हजार पाँच सय ४७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । बागमतीमा हाल नौ हजार नौ सय चार क्वारेन्टिनमा नौ सय ४८ र दुई हजार चार सय ७५ आइसोलेसन बेडमध्ये एक हजार सात सय ६७ जना आइसोलेसनमा छन् ।