मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ भदौ ५ शुक्रबार १५:३९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संखुवासभाको हिमालय क्याम्पसमा रहेको आइसोलेसन तोडफोड, १५ लाखका स्वास्थ्य सामग्रीसमेत चोरी

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ भदौ ५ शुक्रबार १५:३९:००

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको आइसोलेसन तोडफोड र स्वास्थ्य सामग्री चोरी भएको छ ।

जिल्लाको खाँदबारी नगरपालिका– ७ नयाँ बजारस्थित हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालको करिब १५ लाख रुपैयाँको लगानीमा आइसोलेसन निर्माण गरिएको थियो । 

तर उक्त आइसोलेसन गएराति तोडफोड भएकाे र स्वास्थ्य सामग्रीसमेत हराएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. सुन्दर श्याम झाले बताए । 

उनका अनुसार आइसोलेसनबाट करिब १५ लाखबराबरको सामग्री चोरी भएको छ । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायतका सामग्री चोरी भएको अस्पतालका मेसु झाले जानकारी दिए । 

गएको सोमबार धर्मदेवी नगरपालिका– ४ पिलुवाखोलामा रहेको क्वारेन्टाइनमा बसेका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा ल्याएर उपचार गर्ने भएपछि स्थानीय र क्याम्पस प्रशासनले आइसोलेसनमा बिरामी ल्याउन दिएका थिएनन् । 

करिब पाँच महिनाअगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेसन निर्माण गरिएको थियो । तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । 

क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो । 

जिल्ला अस्पतालको लगानीमा तयार भएको आइसोलेसनमा नै राखेर तत्काल संक्रमितको उपचार गर्नुपर्ने बैठकमा सहभागीहरूले सुझाब दिएका थिए । तर, सोही राति आइसोलेसनको सामग्री हराउनुका साथै तोडफोडसमेत भएको हो । 

जिल्ला अस्पतालले १५ लाख रुपैयाँभन्दा बढीको सामग्रीहरू तोडफोड र चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएको छ । चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।

विवादबीच पुनः आइसोलेसन तयार, संक्रमितको उपचार हुँदै
जिल्ला अस्पतालको लगानीमा तयार भएको आइसोलेसन प्रयोग गर्न नदिएको विवादबीच पनि जिल्ला अस्पतालले सोही क्याम्पसमा पुनः आइसोलेसन तयार गरेर संक्रमित राखेको छ । 

चार दिनदेखि क्वारेन्टाइनमा संक्रमित राखेको समाचार चौतर्फी आएपछि तत्काल सर्वदलीय बैठक बसेर आइसोलेसनमा ल्याएर राखिएको हो । 

उक्त आइसोलेसनमा अहिले धर्मदेवी नगरपालिका– ४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका– ११ का २४ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय पुरुषको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।