१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ५ शुक्रबार १३:४५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञामा धनगढी (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७७ भदौ ५ शुक्रबार १३:४५:००

कोरोना संक्रमण बढेपछि कैलालीमा निषेधाज्ञा ज्ञारी गरिएको छ । 

निषेधाज्ञाले प्रदेश राजधानी धनगढी र अत्तरिया बजार सुनसान बनेका छन् । धनगढीमा ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । धनगढी बजारमा मान्छेको चहलपहल छैन, मेडिकलबाहेकका सबै पसलहरू बन्द छन् ।

निषेधाज्ञाको उल्लंघन गरेर चलाइएका सवारीसाधन प्रहरीले नियन्त्रण लिइरहेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । संक्रमण तीव्र हुन थालेपछि यही १४ भदौसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका निजी तथा सार्वजनिक यातायात, उद्योग, व्यापार, व्यवसायलगायत सबै क्षेत्र बन्द छन् । 

प्रशासनले कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन नगर्न र भिडभाडमा जम्मा नहुन आदेश जारी गरेको छ । होटेल, रेस्टुरेन्ट, ठेला पनि बन्द छन् । 
अत्यावश्यक सेवाका पसलहरू पनि बिहान पाँच बजेबाट चार घन्टाका लागि मात्र खुला गरिएका छन् ।

कोरोना संक्रमण तीव्र बन्दै गएको कैलालीमा बिहीबार मात्र ५० जनामा संक्रमण पुष्टि भएको थियो । 

घोडाघोडी नगरपालिकामा कार्यरत तीनजना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यस्तै, सेती प्रादेशिक अस्पतालमा कार्यरत एकजना स्विपरमा पनि कोराना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । 

सरसफाइ गर्ने ४२ वर्षीया महिलामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा राखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।