१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ ४ बिहीबार १०:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वडाध्यक्षसहित आठजनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ भदौ ४ बिहीबार १०:०९:००

बाग्लुङमा  वडाध्यक्षसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेको आधारमा परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

पोखरामा गरिएको स्वाब परीक्षणमा संक्रमितसँगको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बाग्लुङ नगरपालिकाका– ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । 

संक्रमितको सम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा बाग्लुङ नगरपालिका– ३ का संक्रमित महिलाका छोरासहित दुईजना पुरुष र तीनजना महिलाको रिपोर्ट पोजेटिभ आएको हो संक्रमित महिलाका आठ वर्षीय छोरा, अर्का १३ वर्षीय किशोर, २२ वर्षीय पुरुष, १६ वर्षीया  किशोरी र २१ र ३५ वर्षीया दुई महिलालाई संक्रमण पुष्टि भएको खनालले बताए । 

यसैगरी, गत शनिबार बडिगाड गाउँपालिका– ६ का एक वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई पुष्टि भएको आधारमा उनीसँगको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गर्ने क्रममा अर्का एकजना वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएकाे गाउँपालिकाका स्वास्थ्य संयोजक निरञ्जन यादवले जानकारी दिए ।

गाउँपालिकाले वडाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतको कोरोना परीक्षणका लागि स्वाब पठाएको थियो । शनिबार परीक्षणका पठाइएको ५० जनामध्ये एकजना वडाध्यक्षमा कोरोना संक्रमण देखिएको संयोजक यादवले बताए । अन्य ५० जनाको भने रिपोर्ट आउन बाँकीे छ । 

बुधबार नै जैमिनी नगरपालिका– ८ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । 

संक्रमण बढ्दै गएपछि बाग्लुङ नगर क्षेत्रमा एक साताका लागि मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । अहिलेसम्म जिल्लामा दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये दुई सय ४१ जना निको भइसकेका छन् ।