Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३ बुधबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको ब्याजदर घटायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३ बुधबार ०६:००:००

मुक्तिनाथ विकास बैंकले हायर पर्चेजमा ब्याजदर घटाएको छ । बैंकले १ भदौदेखि लागू हुने गरी ब्याजदर २ प्रतिशतसम्म घटाएको हो । बन्दाबन्दीका कारण अर्थतन्त्रमा परेको असर सँगसँगै अत्यन्त प्रवाहित क्षेत्रका रूपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै ब्याजदर घटाएको बैंकले जनाएको छ ।

यसबाट चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरूलाई राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले बताए । बैंकले ४२ जिल्लामा १ सय ३८ शाखामार्फत सबै प्रकारका बैंकिङ सेवा दिइरहेको जनाएको छ ।