मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २ मंगलबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम : बागमती प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २ मंगलबार १६:०२:००

नुवाकोट र धादिङ आसपास विकसित भएको मनसुनी बादलका कारण बागमती प्रदेशको केही क्षेत्रमा मंगलबार चट्याङसहितको भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बागमती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार साँझबाट वर्षा केही कम हुने र राति फेरि अर्को बादल विकसित भई मनसुनी वर्षा हुनेछ । 

राससका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ ।

विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक–दुई स्थानमा वर्षा भएको छ ।