मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ भदौ २ मंगलबार १३:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनामुक्त संखुवासभामा तीनजनामा देखियो संक्रमण

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ भदौ २ मंगलबार १३:३५:००

कोरोनामुक्त भनेर घोषणा गरिएको संखुवासभा जिल्लामा मंगलबार (आज) तीनजना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

धर्मदेवी नगरपालिका घर भएका ३४ वर्षीय पुरुष, २४ वर्षीय चैनपुर नगरपालिकाका पुरुष र जिल्ला प्रहरी कार्यालय खाँदबारीमा कार्यरत २२ वर्षीय प्रहरी जवान गरी तीनजना पुरुषमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए । 

उनका अनुसार धर्मदेवी घर भएका व्यक्ति विदेशबाट आएको र चैनपुर घर भएका व्यक्ति भारतबाट आएको पाइएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खाँदबारी कार्यरत जवान सुनसरीको दुहबीमा तालिम सकेर जिल्ला प्रहरी कार्यालयको गाडीमा नै फर्किएका थिए । 

तीमध्ये दुईजनालाई जिल्ला प्रवेश गर्ने दक्षिणी नाका धर्मदेवी नगरपालिकाको पिलुवामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । 

प्रहरी जवानलाई तुम्लिङटारको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू तीनैजनाको पिलुवामा स्वाव संकलन गरेर विराटनगरस्थित कोसी अस्पतालमा स्वाब पठाएको थियो । 

मंगलबार (आज) उनीहरू तीनैजनाको पिसिआर रिपाेर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

अहिले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरूको यात्रा विवरण खोजी गर्ने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसअघि संखुवासभामा पाँचजनामा कोरोना पोजेटिभ देखिएको थियो । 

उनीहरू उपचारपछि घर फर्किसकेका छन् । संखुवासभालाई स्वास्थ्य मन्त्रालयले नै कोरोनामुक्त जिल्लाको सूचीमा राखेको थियो । 

जिल्लामा हालसम्म चार सय ८५ जनाको पिसिआर परीक्षण भएको छ ।