मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १ सोमबार १६:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बागमती प्रदेशकी उपसभामुखलाई कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ भदौ १ सोमबार १६:२८:००

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

तामाङ र उनको नौ वर्षीय छोरालाई एकैपटक संक्रमण पुष्टि भएको हो । 

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका वडाध्यक्षसँग भेटभाट भएको र वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि आफू र परिवारले स्वाब परीक्षण गराएको उपसभामुख तामाङले बताइन् ।

‘म केही दिनअघि निर्वाचन क्षेत्र गएकी थिएँ, त्यहाँ वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि मैले र परिवारले स्वाब परीक्षण गराउँदा श्रीमान् र छोरीको नेगेटिभ नतिजा आयो म र छोरामा पोजेटिभ देखियो,’ नयाँ पत्रिकासँग तामाङले भनिन् । 

हाल उनी उपसभामुखको निवास हेटौँडा–१० स्थित होम आइसोलेसन बसिरहेकी छिन् । 

कोरोना पोजेटिभ देखिए पनि हालसम्म आफू र छोरामा कुनै लक्षण नदेखिएको उनले बताइन् ।