हर्ड इम्युनिटी अस्थायी अवस्था हो
पछिल्लो समय कोभिड-१९ विरुद्ध केही स्थानले अपेक्षा गरेभन्दा छिटै नै समुदाय प्रतिरोधको स्थिति हासिल गर्दै छन्
कोरोना भाइरसको तीव्र प्रसारलाई योगदान गर्ने समूहको ठूलो हिस्सा संक्रमणमा आइसकेपछि प्राप्त हुने समुदाय प्रतिरोध (हर्ड इम्युनिटी)को अवस्थाले पनि हामीलाई पूर्ण रूपले सुरक्षित बनाउन सक्दैन । पछिल्लो समय कोभिड–१९ विरुद्ध केही स्थानले अपेक्षा गरेभन्दा छिटै नै समुदाय प्रतिरोधको स्थिति हासिल गर्दै छन् । हर्ड इम्युनिटीबाट कोभिड–१९ विरुद्ध उच्च सुरक्षा हासिल हुने अपेक्षाले अहिले सबैको ध्यान तानेको छ । तर, महाव्याधि अझै पनि विश्वको निकै ठूलो खतरा भएकाले यसले कोभिड–१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन सहयोग भने गर्नेछ ।
उदाहरणका लागि स्विडेनमा समुदाय प्रतिरोधको प्रमाण देख्न सकिन्छ । यहाँ संक्रमण र मृत्यु दुवैको दर निकै कम छ, जबकि स्विडेनका नागरिक मास्क लगाउने एवं कडा सामाजिक दूरीमा रहने गरिरहेका छैनन् । लन्डनमा पनि बार, मुभी थियटर एवं अन्य थुप्रै स्थान खुलै छन् । यति हुँदा पनि त्यहाँको स्वास्थ्य स्थिति ठिकै छ । मृत्युदर पनि न्यून नै छ । निश्चय नै स्विडेन र दक्षिणी इंग्ल्यान्ड अलि अघि कोरोना भाइरसको कडा मारमा परे, त्यहाँको ठूलो जनसंख्या संक्रमित भयो । सम्भवतः यसबाट कुनै प्रकारको सुरक्षा कवचको विकास भएको हुन सक्छ । केही अनुसन्धाता कुनै स्थानविशेषका २० प्रतिशत संक्रमित हुँदा आंंशिक समुदाय प्रतिरोधको अवस्थामा हुने बताइरहेका छन् । जबकि यसअघि हर्ड इम्युनिटीका लागि कम्तीमा ७० प्रतिशत संक्रमित हुन जरुरी हुने ठानिएको थियो ।
यदि यो कुरा सही हो भने कडा मार परेका क्षेत्रका लागि यो निकै सुखद समाचार हो । तर, यसमा केही समस्या छन् । पहिलो, मूलतः हर्ड इम्युनिटी सुपरस्प्रेडर (थोरै समयमा ठूलो संख्यामा संक्रमण पुर्याउने)सँग सम्बन्धित अवधारणा हो । सुपरस्प्रेडरको निकै सानो संख्याले समेत निकै ठूलो संख्यालाई संक्रमित गराउँछ । बारटेन्डर, चर्चका भजन मण्डली, बसड्राइभरजस्ता व्यक्तिले महाव्याधिको सुरुवाती चरणमा धेरै मानिससँग भाइरस पुर्याउँछन् । तर, अहिले यो समूहका सबैभन्दा बढी संक्रमित भएर हर्ड इम्युनिटी प्राप्त गरिरहेको छ ।
पहिले भजनमण्डली वा बसड्राइभर वा बारटेन्डरहरू सुपरस्प्रेडर थिए, तर अधिकांश प्रार्थनास्थल, बार र सार्वजनिक यातायात बन्द भएसँगै अहिले खुलेका स्थल, जस्तै- डिपार्टमेन्टल स्टोर, विमानस्थल कर्मचारी वा सुरक्षाकर्मीहरू नयाँ सुपरस्प्रेडरमा बदलिएका हुन सक्छन्
यो अवस्थामा भाइरस फैलिन पहिलेजति सजिलो हुँदैन । तर, यसमा पनि एउटा समस्या छ, समय क्रमसँगै सम्भावित सुपरस्प्रेडरहरू बदलिन सक्छन् । उदाहरणका लागि, पहिले भजनमण्डली वा बसड्राइभर वा बारटेन्डरहरू सुपरस्प्रेडर थिए, तर अधिकांश प्रार्थनास्थल, बार र सार्वजनिक यातायात बन्द भएसँगै अहिले खुलेका स्थलका जस्तै, डिपार्टमेन्टल स्टोर, विमानस्थल कर्मचारी वा सुरक्षाकर्मीहरू नयाँ सुपरस्प्रेडरमा बदलिएका हुन सक्छन् । किनकि, हावाई यात्रा जो बढ्दै छ । अथवा मानिसको प्रवाह बढेसँगै आगामी सर्दीमा होटल रेस्टुराँका वेटरहरू नयाँ सुपरस्प्रेडर हुन सक्छन् । अर्काे शब्दमा भन्दा हर्ड इम्युनिटी केवल अस्थायी अवस्था मात्र हो । हर्ड इम्युनिटीको सुरक्षाकवचलाई बेकामे बनाउँदै यो भाइरसले ल्याउने आर्थिक एवं सामाजिक परिवर्तनले नयाँ–नयाँ सुपरस्प्रेडरको पालो ल्याउन सक्छ ।
सैगरी, अर्काे कुरा हर्ड इम्युनिटी भएका ठाउँ अन्य असुरक्षित भागबाट संक्रमणको सधैँ जोखिममा हुन्छन् । जस्तो कि धेरै संक्रमण भएको न्युयोर्क सहरमा आंशिक हर्ड इम्युनिटीको अवस्था थियो, तर यो सहर तुलनात्मक रूपले सुरक्षित देखिन थालेसँगै बाहिरका मानिस यहाँ घुम्न र बस्न आउन थाल्छन् र सुरक्षास्तर फेरि भत्किन्छ । यसबीच, न्युयोर्कवासीहरू अझै धेरै संख्यामा भाइरसको सम्पर्कमा पुग्ने सम्भावना हुन्छ । यसर्थ, हर्ड इम्युनिटी कुनै स्थायी सुनिश्चितता होइन । अर्काे समस्या विश्वव्यापी प्रकृतिको छ, जुन निकै गम्भीर सावित हुन सक्छ । हर्ड इम्युनिटीको अवधारणाको उत्साहजनक पक्ष के हो भने जनसंख्याको एउटा हिस्सा पहिले नै कोरोना भाइस सक्रमणको चपेटामा परेर ठीक भइसकेको हुन्छ । ती सुरक्षित व्यक्तिहरूले कोरोना भाइरसको प्रसारलाई सुस्त बनाउन एवं रोक्न मद्दत गरेका हुन्छन् । यसको अर्थ ती समूहमा विनाअवरोध भाइरसको प्रसारण निकै तीव्र रूपले फैलिन्छ र समूहका लगभग सबैजसोलाई संक्रमित बनाउँछ भन्ने हो । त्यसैले केही मुलुक अन्तर–इम्युनिटीबाट सुरक्षित अनुभव गरिरहका छैनन् ।
हर्ड इम्युनिटी हाइपोथेटिकल कुरा हो । तर, हर्ड इम्युनिटीको परिदृश्यले ल्याटिन अमेरिका, भारत र दक्षिण अफ्रिकामा कोभिड–१९को भयावह संक्रमणलाई बुझ्न मद्दत गर्छ । हर्ड इम्युनिटीको अर्थ केही क्षेत्र एवं कुनै समूहको जनसंख्याका लागि कोभिड–१९ निकै खतरनाक छ भन्ने पनि हो । स्विेडन, दक्षिणी इंग्ल्यान्ड र न्युयोर्कको निरन्तर अवलोकनले हर्ड इम्युनिटीको अवधारणा सही हो कि होइन भन्ने पक्कै उजागर गर्नेछ ।
(ब्लुमवर्गका स्तम्भकार कोवेन जर्ज मेसन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)
ब्लूमबर्गडटकमबाट