मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १ सोमबार १०:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

इलामको सूर्याेदय क्वारेन्टाइनमा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ १ सोमबार १०:०४:००

इलामको सूर्याेदय नगरपालिकाको करफोक विद्यामन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

उनको गएराति ११ बजेतिर मृत्यु भएको हो । सूर्याेदय नगरपालिका– ९ का २२ वर्षीय युवा साउन २६ गते भारतको हैदराबादबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मृतकको पिसिआर परीक्षणको रिपोर्ट आइसकेको छैन । 

साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा व्यक्ति आइतबार बिरामी परेका थिए । 

उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए । मृतकमा श्वास–प्रश्वासको समस्या देखिएको थियो । मृतकको नाम खुलाइएको छैन ।