Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ३२ आइतबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अद्यावधिक नक्साअंकित लोगो संघीय संसद्का पदाधिकारीलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ३२ आइतबार १६:४६:००

नेपालको अद्यावधिक नक्साअंकित संघीय संसद्को प्रतीक (लोगो) आइतबार संघीय संसद्का पदाधिकारीलाई हस्तान्तरण गरिएको छ । 

संघीय संसद्का महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन् ।

गत ११ जेठमा बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय नेपालको वास्तविक सीमा नक्साअनुसार लाेगाे परिमार्जन गर्ने निर्णय गरेको थियो । 

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएकाे हाे ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको संसद् सचिवालयले बताएको छ। लोगो बागमती प्रदेश सरकारमातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसद्का सदस्यहरूलाई समेत नयाँ नक्साअंकित लोगो आजैदेखि उपलब्ध गराइनेछ ।