Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ३२ आइतबार ११:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानकाे कोभिड- १९ अस्पतालमा उपचाररत महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३२ आइतबार ११:०२:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड- १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको न्युरो हस्पिटलबाट शनिबार राति रिफर गरिएकी विराटनगरकाे तीनपैनी निवासी ५० वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । 

उनलाई उच्च ज्वरो, खोकी, श्वास–प्रश्वासमा समस्या भएको कारण न्युरोले प्रतिष्ठानमा रिफर गरेको अस्पतालले जनाएकाे छ । अस्पतालले दिएकाे जानकारीअनुसार कोभिड– १९ अस्पतालमा भर्ना भएको एक घन्टामै उनको मृत्यु भएको थियो । उनलाई फोक्सो तथा थाइराइडको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रवक्ता सापकोटाका अनुसार मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार भइरहेकाेसमेत उल्लेख छ।