मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ श्रावण ३२ आइतबार १०:५४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण ३२ आइतबार १०:५४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्युयोर्क अस्पतालमा उपचाररत रोबर्टको ७१ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्ना भाइ रोबर्टलाई भेट्न अस्पताल गएका थिए । एक शोक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो भाइ रोबर्टले गएराति अन्तिम सास लिएकाे बताए । उनले भनेका छन्, ‘ऊ मेरो भाइ मात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैँ मेरो हृदयमा रहनेछ ।’

७१ वर्षीय रोबर्ट रियल स्टेटका व्यापारी थिए । 

तस्बिर : सिएनएन डटकमबाट