मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३२ आइतबार ०८:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका कर्मचारीको कोरोना बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३२ आइतबार ०८:४७:००

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गराएको छ । बैंकले कर्मचारीको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत सबै कर्मचारीको बिमा गराएको हो ।  

बैंकले हरेक कर्मचारीको १ लाख रुपैयाँबराबरको बिमा गराएको जनाएको छ । बिमामा उल्लिखित सम्झौताअनुसार बैंकका कर्मचारीमा कोरोना संक्रमण भई पिसिआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बिमा कम्पनीबाट बिमा दाबी रकम भुक्तानी हुने व्यवस्था मिलाएको जनाइएको छ ।  

बैंकले सुरक्षाका उपायहरू अपनाएर सेवा प्रदान गर्दै  आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्डलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिई सुरक्षित रूपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको जनाएको छ । कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाब दिँदै आएको जनाएको छ ।