मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३१ शनिबार २०:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

केन्द्रीय कारागारका एक कैदीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३१ शनिबार २०:३८:००

सुन्धारास्थित केन्द्रीय कारागारका एक कैदीमा कोरोना संक्रमण देखिएको छ । सिन्धुलीबाट केही समयअघि मात्रै उपचारका लागि सुन्धारा ल्याइएका कैदीमा संक्रमण देखिएको हो । 

‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, उपचारका लागि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।’ 

संक्रमित कैदी ७१ वर्षीय छन् । बिरामी भएपछि उपचारका लागि उनलाई सिन्धुली कारागारबाट काठमाडौं ल्याइएको थियो । ‘सबै कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने, ‘उनलाई हामीले आइसोलेसनमा राखेका थियौँ, त्यसकारण अन्य कैदी, स्वास्थ्यकर्मी र कर्मचारीसँग उनको सम्पर्क भएको छैन ।’