१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ श्रावण ३१ शनिबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार

बाढीपहिरोबाट साउनमा मात्रै कालिकोटमा ३१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ श्रावण ३१ शनिबार १९:५५:००

कालिकोटमा साउन महिनामा मात्रै बाढीपहिरोमा परेर ३१ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोका कारण सबैभन्दा बढी नरहरिनाथ गाउँपालिकामा ११, महाबै गाउँपालिकामा आठ, रास्कोट नगरपालिकामा सात, सान्नीत्रिवेणी गाउँपालिकामा दुई, पलाता गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक–एकजनाको मृत्यु भइसकेको छ । 

नरहरिनाथ गाउँपालिकामा सात, रास्कोट नगरपालिकामा तीन, महाबै गाउँपालिकामा चार र पलाँता गाउँपालिकामा चार गरी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण जिल्लाभर तीन सय ५८ घर भत्किएका छन् । पाँच सय ९५ परिवारका दुई हजार पाँच सय ७८ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । ‘बाढीपहिरोका कारणले १५ करोडको धनमालको क्षति भएको विवरण छ,’ उनले भने, ‘वर्षा भइरहेका कारणले कालिकोटमा बाढीपहिरोको समस्या अझै घटेको छैन ।’