मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३० शुक्रबार २१:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

योगसँगै प्रशिक्षणमा सिटीका खेलाडी

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार २१:३१:००

युरोपियन च्याम्पियन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले लियोनको सामना गर्दै छ । इंग्लिस क्लब सिटीले लियोनसँग प्रतिस्पर्धा गर्नुअघि आफ्ना खेलाडीलाई योगमा जोड दिएको छ । प्रशिक्षक पेप ग्वार्डिओलाले पाँचतारे होटेल तथा रिसोर्टमा खेलाडीलाई दैनिक योग सिकाउनुका साथै प्रशिक्षण दिइरहेका छन् । 

लिस्बन सहरनजिक रहेको पाँचतारे होटेलमा सिटीका खेलाडी बसेका छन् । शनिबार सिटी र लियोनबीच क्वार्टरफाइनलको पहिलो लेग हुँदै छ । फ्रेन्च क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनुअघि खेलाडीलाई मानसिक रूपमा बलियो बनाउन नै योगविज्ञानअनुसार प्रशिक्षण गराएको प्रशिक्षक पेपले बताएका छन् । 

यदि सिटीले क्वार्टरफाइनल चरण पार गरे सेमिफाइनलमा पूर्वविजेता बायर्न म्युनिख वा बार्सिलोनामध्ये एकविरुद्ध खेल्नेछ । अर्को हेभिवेट प्रतिस्पर्धाअघि पनि खेलाडीलाई फिट राख्ने उपायस्वरूप योगा गराएको उनको भनाइ छ । नयाँ शैलीको प्रशिक्षणमा खेलाडी दंग छन् । 

प्रशिक्षक पेपले भनेका टिप्सलाई खेलाडीले चासोपूर्वक लिने गरेका छन् । योगका विभिन्न आसनमा प्रशिक्षण गरिरहँदा खेलाडी एक–आपसमा ठट्टा गर्ने र रमाइलो गरेको पेपले बताए । खेलाडीले एकथरी प्रशिक्षक पेपसँग प्रशिक्षण लिन्छन् । त्यसपछि निजी ट्रेनरबाट पनि उनीहरू अभ्यास गर्छन् । यी सबै प्रशिक्षणपछि खेलाडी स्पा लिन्छन् । 

यदि दिक्क लागे खेलाडीले गल्फ कोर्समा रमाइलो गर्न सक्छन् । रिसोर्ट र प्रशिक्षकले खेलाडीलाई गल्फ खेल्न अनुमति दिएका छन् । क्वार्टरफाइनलअघि खेलाडीलाई सक्दो फ्रेस बनाउन प्रशिक्षक पेपले उनीहरूलाई गुनिचो बीचमा जान पनि सल्लाह दिएका छन् । खेलाडीले दैनिक लक्जरी हेल्थ क्लबको प्रयोग गर्न सक्छन् । रिसोर्टका आसपासमा धेरै कफी सप छन् । खेलाडी कुनै पनि वेला कफीको चुस्की लिन सक्छन् ।