मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ श्रावण ३० शुक्रबार २१:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

सिलिचोङ पहिरोपीडितलाई ५० लाखबराबरको राहत सहयोग 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ श्रावण ३० शुक्रबार २१:२५:००

सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका पहिरोपीडितलाई ५० लाखभन्दा बढीको सहयोग सामग्री प्राप्त भएको छ । शुक्रबार आयोजित कार्यक्रममा छिमेकी खाँदबारी नगरपालिकाले तीन लाख रुपैयाँको चेक र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ५० लाखबराबरको राहत सामग्री सहयोग गरेको हो ।

खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले पहिरोपीडितको सहयोगका लागि तीन लाख रुपैयाँको चेक सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरेका हुन् । मेयर खतिवडाले एक स्थानीय सरकारले अर्का स्थानीय तहका जनताको दुःखमा हातेमालो गर्न सधैँ तयार रहेकोसमेत बताए । 

यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले पहिरोपीडितलाई विभिन्न राहत सामग्री गाउँपालिका अध्यक्ष कुलुङलाई हस्तान्तरण गरेको हो । संस्थाले पहिरोबाट विस्थापित भएका एक सय १० परिवारलाई आवास सामग्री एक सय १३ सेट, किचन सेट (भाँडाकुँडा) एक सय १४ सेट, ब्ल्यांकेट दुई सय २३ थान हस्तान्तरण गरेको आरआरएनका अध्यक्ष हरि तामाङले जानकारी दिए । उनको अनुसार संस्थाले गर्भवती महिला र बालबालिकाहरूका लागि पनि लत्ताकपडा उपलब्ध गराएको छ । महिलाका लागि कपडा, ब्रस, साबुन, टर्चलगायत ७० झोला सामग्री उपलब्ध गराएको छ भने पाँच वर्षमुनिका बालबालिकाका लागि ५० झोला लत्ताकपडा, पाँचदेखि १५ वर्षसम्मका बालबालिकाहरूका लागि ५० झोला लत्ताकपडा र एक सय झोला स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले राहत तथा उद्धारमा सबैले क्षेत्रले सकेको सहयोग गरिरहेको बताए । २८ असार राति गएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता भएका थिए ।  विस्थापितहरूलाई बुधबारे, चित्रे र चक्चेवामा अस्थायी वासस्थानमा राखिएको छ ।