१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार २०:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार २०:५५:००

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विभागीय प्रमुख तथा बाहिनीपतिहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । गृह मन्त्रालयको नीतिअनुसार  महानिरीक्षक खनालले शुक्रबार विभागीय प्रमुखहरू एवं बाहिनीपतिहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् । 

सरकारका सम्पूर्ण अंगहरूलाई अझ बढी प्रभावकारी, जिम्मेवार, जवाफदेही तथा लक्ष्यकेन्द्रित बनाउन कार्यालय प्रमुखहरूले तालुक कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने प्रचलनअनुसार जिम्मेवारी तोकेर सम्झौता गरिएको हो ।  यसअघि महानिरीक्षक खनालले गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

कार्यक्रममा महानिरीक्षक खनालले सांगठनिक लक्ष्य प्राप्तिका लागि कार्ययोजनाले मार्ग निर्देशन गर्ने भएकोले त्यहीअनुसार आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिएका थिए । यसप्रकारले कार्य सम्पादन सम्झौता विभागीय प्रमुखहरू र बाहिनीपतिहरूको क्षमता र कार्यदक्षताको परीक्षासमेत भएको बताउँदै महानिरीक्षक खनालले सीमा सुरक्षार्थबारेमा थप कार्ययोजना बनाउनसमेत निर्देशन दिए । प्रत्येक बाहिनीले स्थापना गर्नुपर्ने बि.ओ.पी. समयमा नै स्थापना गर्नुपर्ने, कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न अहोरात्र परिचालित राष्ट्रसेवकहरूको समयमा नै अदली–बदली, आवश्यक सुरक्षात्मक उपाय अपनाउन तथा मातहत कर्मचारीको गुनासोलाई उचित सम्बोधन गर्न निर्देशन दिएका छन् । 

कार्यसम्पादन सम्झौताले कर्मचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व पूरा गर्न सदैव झकझकाउने र यसैलाई आधार मानी कर्मचारीले आफ्नो स्वमूल्यांकनसमेत गर्न सक्ने महानिरीक्षक खनालले बताए । सोही अवसरमा संगठनप्रति नेपाल सरकार र नेपाली जनताबाट गरिएको आशा, विश्वास र भरोसालाई कायम राख्न सीमित स्राेत–साधनका बाबजुद कोभिड– १९ संक्रमण रोकथाम र नियन्त्रणमा अहोरात्र परिचालित राष्ट्रसेवकहरूको उच्च प्रशंसा गर्दै कार्य सम्पादनको क्रममा देखीएका कमी–कमजोरीलाई सच्याउँदै आगामी दिनमा समेत त्रुटिरहित ढंगबाट तन, मन र वचनका साथ अहोरात्र परिचालित भई जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिएका छन् ।