Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार

सत्ताको छिनाझप्टीका कारण सरकारले ‘गाईजात्रा’ देखायो : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १८:०२:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाइ बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको, बरु उल्टो सत्ताको छिनाझप्टीका कारण गाईजात्रा देखाएको आरोप लगाएका छन् । पार्टीसम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा प्रकाशित मुखपत्र ‘परिश्रम’ त्रैमासिकको शुक्रबार विमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्ण रूपमा असफल भएको, जिम्मेवारीबाट च्यूत हुँदै गएको बताए ।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरू नै भ्रष्टाचारमा लिप्त भएको र कोरोना महामारीबीच भएका भ्रष्टाचार अक्षम्य भएको बताए । उनले यस्तो वेलामा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रभावहीन देखिएको बताए । देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसँग कुनै नीति, योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको, तर अवस्था भयावह रहेको भन्दै थापाले सरकारको तिखो आलोचना गरे । ‘यस्तो वेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आवश्यकता छ, त्यो पूरा गर्न राप्रपा एकता भएको हो,’ उनले भने ‘एकता भाँड्न, सफल हुन नदिन चलखेल भइराखेका छन्, त्यसलाई चिरेर राप्रपा अघि बढ्नेछ ।’ 

कोरोना महामारीमा पिल्सिएका जनता, उद्याेगी, व्यवसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो ।