मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ३० शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमविपरीत सरकारी चिकित्सकले निजी अस्पतालमा सेवा दिन्छन्

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार १६:१३:००

सरकारको निर्णयविपरीत चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशकले निजी अस्पतालमा सेवा दिने गरेका छन् । 

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले चितवन हस्पिटल प्रालिका एक बिरामीको गत मंगलबार अप्रेसन गरे ।

नाक, कान, घाँटीको क्यान्सरको सर्जरी गर्दै आएका उनले आफ्नै अस्पतालमा भएको सेवा पनि निजीमा गएर दिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन ९ को निर्णयअनुसार आफूअन्तर्गतका विभाग, केन्द्र, महाशाखा, परिषद् र प्रतिष्ठान तथा तीनवटै तहका स्वास्थ्य संस्थाहरूमा कार्यरत प्रमुख वा कार्यकारी प्रमुखले निजी अस्पतालमा काम गर्न नपाउने उल्लेख छ ।

डा‍‍. गौतमले चितवन अस्पतालमा पहिले पनि प्राक्टिस गरेको उल्लेख गर्दै चिनजानको मान्छेले बिरामी हेर्न आग्रह गरेकाले गएको बताए ।

‘रेगुलर जाने र ओपिडी हेर्ने गरेको छैन । एकजना चिकित्सकले नै अनुरोध गरेकाले मात्र गएको हुँ,’ उनले भने ।

जटिलखाले बिरामी आउँदा अस्पतालले बोलाउने गरेको र पटक–पटक गएको उनले बताए । उनले भने, ‘स्पेसल डाक्टर खोज्नु बिरामीको अधिकार पनि हो । त्यसरी आग्रह गर्दा गइरहेको हुन्छु ।’