१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १३:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १३:२७:००

काठमाडौंको न्युरोड क्षेत्रका एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ । 

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको हो । 

शुक्रबारबाट लागू हुने गरी ७ भदौसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । 

वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नु आवश्यक रहेकाले ३० साउनदेखि ७ भदौसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति ०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’