१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बन्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार १३:१०:००

पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएसँगै नेपाल कम्युनिस्ट पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न कार्यदल गठन भएको छ ।

६ सदस्यीय कार्यदलमा पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, जनार्दन शर्मा ‘प्रभाकर’, भीम रावल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।

नौ दिनको अन्तरालपछि बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । शुक्रबार पनि छलफल जारी छ । दुवै अध्यक्षको सहमतिमा कार्यदल बनेको हो ।