मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण ३० शुक्रबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक पहिरो : तीन शव फेला, ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण ३० शुक्रबार १३:०८:००

सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका तीनजनाको शव निकालिएको छ ।

नेपाली सेना र स्थानीयले शव निकालेका हुन् । शवको पहिचान भने खुलेको छैन । पहिरोले पुरेर हराइरहेका ३७ जनाको पहिचान खुलेको छ । 

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् । 

‘३५ घरधुरीका ३७ बेपत्ताको पहिचान खुलेको छ,’ उनले भने । 

पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् । 

त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् । 

पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन । उद्धार कार्य जारी रहेको श्रेष्ठले बताए । 

‘पुरिएका स्थानीय जीवितै भेट्न सकिन्छ कि भनेर उत्खनन गरिरहेका छौँ,’ श्रेष्ठले भने ।