Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण ३० शुक्रबार १०:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमित बढ्न थालेपछि जिल्ला अस्पताल र पालिकामार्फत आइसोलेसन सञ्चालन गर्दै प्रदेश १ सरकार 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण ३० शुक्रबार १०:१८:००

कोरोना भाइरस संक्रमितहरूको संख्या बढेर उपचार गर्न अस्पताल अभाव हुन थालेपछि प्रदेश १ सरकारले जिल्ला अस्पताल र पालिकाहरूमार्फत आइसोलेसन सेन्टर सञ्चालन गर्न थालिएको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको  उच्चस्तरीय सिसिएमसी (कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी) बैठकले संक्रमितहरूको उपचारलाई सहज बनाउन पालिका र जिल्ला अस्पतालहरूमार्फत आइसोलेसन सेन्टर सञ्चालन गराउने निर्णय गरेको हो ।  

पालिका र जिल्ला अस्पतालहरूमार्फत आवश्यकताअनुसारको आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालन गराउन प्रदेश १ सरकारले बिहीबार आवश्यक एक करोड ६० लाख  रुपैयाँ बजेट निकासा गरेको छ । 

प्रदेशमा समुदायस्तरबाट कोरोना संक्रमण हुन थालेपछि प्रदेश १ मा बिरामीहरू बढ्न थालेका छन् । तर, बढ्दो संक्रमितको संख्यासँगै उपचार केन्द्रहरू स्थापना भएका थिएनन् । जसले गर्दा संक्रमितहरू आफ्नै घरमा बस्न बाध्य भइरहेका छन् ।

प्रदेश सरकारको सहयोगमा विराटनगरमा ६५  र  संघीय सरकारमातहतकै धरानको बीपी स्वास्थ्य प्रतिष्ठानमा ८० जना क्षमताको कोभिड अस्पताल सञ्चालनमा छ । प्रदेश सरकारको सहयोगमा मोरङको गोठगाउँमा एक सय २० जना क्षमताको आइसोलेसन सेन्टर  सञ्चालनमा छ । 

तर, समुदायस्तरमा कोरोना संक्रमण हुन थालेपछि सबै अस्पताल र आइसोलेसन सेन्टरहरू अपुग हुन थालेका छन् । अस्पताल उपचार केन्द्र भरिएपछि बिरामीहरू होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । 

उपचार गर्न अस्पताल अभाव हुन थालेपछि मोरङको रंगेली नगरपालिका र विराटनगर महानगरपालिकाले सञ्चालन भइरहेका क्वारेन्टाइनलाई स्तरोन्नति गरेर आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालन गराएका थिए ।     

सबै जिल्ला अस्पतालहरूलाई पाँच लाखका दरले बजेट
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदान गरेको बजेटबाट  ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका जिल्ला अस्पतालहरूले   कम्तीमा १० बेड क्षमताको आइसोलेसन सेन्टर बनाएर बिरामीको उपचार थाल्नुपर्नेछ । सबै अस्पतालहरूलाई जनही  पाँच लाखका दरले बजेट  प्रदान गरिएको छ ।  

आइसोलेसनको क्षमताअनुसार पालिकालाई बजेट  
प्रदेश सरकारले विराटनगरस्थित मारवाडी सेवा समितिको भवनमा  ५० बेड क्षमताको आइसोलन सेन्टरका लागि विराटनगर महानगरपालिकालाई १० लाख, मोरङको रंगेली स्थित जनता क्याम्पसको भवनमा एक सय बेड क्षमताको आइसोलेसनका लागि रंगेली नगरपालिकालाई १५ लाख, सुनसरीको हरिनगरास्थित जनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन सेन्टर बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्दआचार्य सेवा पीठ, चतरामा एक सय बेड क्षमताको आइसोलेसनका लागि १५ लाख र सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।